सेञ्चुरीले अल्पाइन डेभलपमेन्टलाई पनि किन्ने, के होला अल्पाइनको हकप्रद ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2017 | 12:04:50 AM मा प्रकाशित

laxmi  sunrise bank

यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अर्को एक विकास बैंक किन्ने भएको छ।

सेञ्चुरीले मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने लागेको हो । प्राप्ति सम्झौता ( मोमेन्ड्रम अफ अन्डरस्ट्याण्डिङ ) मा दुवै पक्षले हस्ताक्षर गरेका छन्  ।

अल्पाइनले आफ्नो पूँजीमा हकप्रद जारी गरी करिब रु. ४४ करोड पूँजी पुर्‍याएर समाहित हुनेछ । अल्पाइनले ३:२.०८ को अनुपातमा हकप्रद जारि गर्दै छ । 

सेन्चुरी बैंकले यी ४ वित्तीय संस्थालाई प्राप्ति गरेर थप २ अर्ब चुक्ता पुंजी पुर्याउने छ । हाल सेञ्चुरीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड रहेको छ । यी ४ संस्थालाई गाभेपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ६८ करोडको हाराहारी पुग्ने छ ।  त्यसपछि बैंकले हकप्रद र बोनसबाट राष्ट्र बैंकले तोकेको  ८ अर्ब पुर्याउने लक्ष्य लिएको छ   । 

सबै सँस्थाहरुको प्राप्ति पछि बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुनेछन् । सेञ्चुरीको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved