प्रधानमन्त्री पुत्र दाहालको बन्दुकको मूल्य कति ? '१५ लाखको भनेर भ्रम फैलाइयो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2017 | 05:50:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफुले कानुनि प्रक्रिया पुरा गरेर हतियार राखेको बताएका छन। प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले आफुले लिएको हतियार बारे भ्रमको खेति गरिएको भन्दै सोसियल मिडिया मार्फत यसबारे जानकारी दिएका हुन। 

कानुनि प्रकिया पुरा गरी हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको बताउदैं दाहालले आफुले बाइस बोर लिएको कुरा साँचो भएको बताएका छन।

सयौंको संख्यामा बरिष्ठ पत्रकारहरु प्राय: सयौ नेतागणहरु , पुर्व सैनिक, प्रहरी लगायतले सेवाबाट निवृत्त भएपछि र लगभग दशौ हजारले कानुन बमोजिम हतियार राख्ने गरेको उनले दाबि गरेका छन। 'हतियारको निश्चित मापदण्ड र शर्तहरु छन्, त्यसलाई आम नेपालीले जस्तै मैले पनि मानेको छु' उनले भने।

संचार माध्यममा आएको जस्तो आफुले बोकेको हतियारको मूल्य १५ लाख नभई सरकारलाई तिरेको राजस्वसहित एक लाख पचास हजार बराबरको रहेको उनले स्पष्ट पारेका छन। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved