१ घण्टाको अन्तरमा कमल थापाका ५ ट्वीट, भने-'यस्तै हो भने निर्वाचन होइन,बिद्रोह रोज्छौँ' 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2017 | 07:15:22 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 'हिन्दु राष्ट्र एवम् राजसंस्था र हिन्दुत्व' को एजेन्डा बोक्न नदिए चुनावमा भाग नलिने चेतावनी दिएका छन। १ घण्टाको अन्तरमा अध्यक्ष थापाले ५ ट्वीट गर्दै निर्वाचन आयोगको कार्यप्रति तिब्र असन्तुष्टि ब्यक्त गरेका छन। 

निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था र हिन्दुत्व भन्ने वाक्यांशे नै हटाइदिएको भन्ने समाचार प्रकाशित भए पश्चात अध्यक्ष थापाले 'संबिधानले बिचार स्वतन्त्रता ग्यारेण्टी गरेकोछ।पार्टीको बिचार निषेधगर्ने अधिकार कसैलाई छैन।बिचार निषेधगर्ने भए चुनावमा भागलिनुको औचित्य रहन्न' पहिलो ट्वीट गरेका छन। 

त्यस लगत्तै अध्यक्ष थापाले दोस्रो ट्वीट मा 'बिचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होईन बिद्रोहको बाटो रोज्नु पर्ने हुन्छ। के हामीलाई त्यहि बाटो तर्फ धकेल्न खोजेको हो?' भन्दै निर्वाचन आयोगसंग तिब्र असन्तुष्टि पोखे।

उनको तेस्रो ट्वीट 'संबिधानले हिन्दुराष्ट्र र राजसंस्थाको बिचार लिएर जनतामा जान निषेध गरेको छैन।बिचार स्वतन्त्रतामा बन्देज लगाउनु चुनाव हुन नदिने षडयन्त्र हो' उल्लेख छ।  

उनको चौथो ट्वीटमा 'राप्रपा संबिधान र संबैधानिक ब्यबस्थासंग सहकार्यगर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा हिडेको छ।कृपया संबैधानिक बाटो अवरुद्ध नगरियोस्' उल्लेख छ।  

निर्वाचन आयोगको निर्णय सत्य हो भने आफुले कानुनि उपचार खोज्ने बताउदै पाँचौ ट्वीट मा 'यदि यो निर्णय सत्य हो भने राप्रपा अस्विकार गर्छ, कानुनी उपचार खोज्छौं। बिचारलाई बन्देज लगाउने कार्य प्रजातांत्रिक मान्यता विपरित छ'उल्लेख गरेका छन। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved