धर्मनिरेपक्षता खारेजीका लागि संसोधन प्रस्ताब लगिने, निर्णय फिर्ता लिन आयोगलाई राप्रपाको आग्रह  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2017 | 09:53:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगको निर्देशनपछिको रणनीतिबारे छलफल गर्न डाकिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको आकष्मिक बैठक सम्पन्न भएको छ। राप्रपाको केन्द्रीय कार्यालयमा आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले हिन्दु राष्ट्रको पक्षमा संसदमा सशक्तरुपमा प्रस्तुत हुने निर्णय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताएका छन। 

श्रेष्ठका अनुसार राप्रपाले धर्मनिरेपक्षता खारेजीका लागि भोलि संसदमा संसोधन प्रस्ताब लैजाने भएको छ। त्यस्तै राप्रपाले निर्वाचन आयोगको निर्देशन न्यायोचित नभएको भन्दै आयोगलाई निर्णय फिर्ता लिन आग्रह गरेको छ। आयोगको निर्णय बिरुद्द कानुनि उपचार समेत खोजिने निर्णय गरिएको छ।

निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था र हिन्दुत्व भन्ने वाक्यांश नै हटाइदिएको प्रति आक्रोश पोख्दै राप्रपाले पार्टीका अध्यक्ष कमल थापाले 'हिन्दु राष्ट्र एवम् राजसंस्था र हिन्दुत्व' को एजेन्डा बोक्न नदिए चुनावमा भाग नलिने चेतावनी दिएका छन। निर्वाचन आयोगले राप्रपालाई बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन निर्देशन दिएको थियो।  

यो पनि: १ घण्टाको अन्तरमा कमल थापाका ५ ट्वीट, भने-'यस्तै हो भने निर्वाचन होइन,बिद्रोह रोज्छौँ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved