गरिमा  विकास बैंक र गुडविल फाइनान्सले हकप्रद आउदै, हेर्नुस कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 03:12:06 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक र गुडविल फाइनान्सले हकप्रद निष्काशन गर्ने भएका छन्  । यी दुई कम्पनीले आज हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । 

गरिमाले हाल कायम चुक्तापुंजीको ७० प्रतिशत अर्थात् ९० लाख ७६ हजार २ सय ९६ दशमलव ६६ कित्ता हकप्रद निष्काशनको लागि आवेदन दिएको हो । गुडविलले भने हाल कायम चुक्ता पुंजीको ६० प्रतिशत अर्थात् २७ लाख २२ हजार ५ सय कित्ताको लागि अनुमति माग्दै आवेदन दिएको हो । 

गरिमाको बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ भने गुडविलको बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ । 

गरिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा १५ करोड ९५  लाख खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुंजी १ अर्ब २९ करोड रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी २ अर्ब १९ करोड पुग्ने छ । राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको सबै विकास बैंकले ०७४ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने हुन्छ ।  

गुडविल फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा २ करोड ९५ लाख खुद नाफा कमाएको थियो । फाइनान्सको हाल चुक्तापुंजी ४५ करोड ३७ लाख रहेको छ भने हकप्रद बिक्रिपछि चुक्ता पुंजी ७२ करोड ५९ लाख पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved