३ करोड ९० लाख बराबरको आईपिओ आउदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 10:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्बसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ९० लाख बराबरको ३९ लाख कित्ता आईपिओ निष्काशन गर्नेको अनुमति माग्दै चैत्र ९ मा धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। 

कम्पनीले यस अघि आयोजना प्रभावित दोलखा बासीका लागि शेयर निष्काशन गरेको थियो । 

सर्वसाधारणलाई साधारण सेयर निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पुंजी २६ करोड रुपैयाँ पुग्ने छ। ३.५ मेगावाट क्षमताको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल नियमित रुपमा विद्युत बिक्री गर्दै आएको यस कम्पनीको सेयर स्वामित्व अनुपात (साधारण सेयर निष्काशनपछि) संस्थापक ७० तथा साधारण ३० प्रतिशत पुग्ने छ।

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved