स्वर्गद्वारी जीप दुर्घटना: एकै परिवारका ३ सहित ६ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 11:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्यूठानमा बह्येको जिप दुर्घटनामा परी एकै परिवारका ३ सहित ६ जनाको मृत्यु भएको छ । ललितपुरबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप स्वर्गद्वारी नजिकै रुमाले भन्ने स्थानमा दुर्घटना भएको थियो  । 

दुर्घटनामा मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका-१४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरु दिक्षा, पद्मा र दिया छन् । 

स्वर्गद्वारी नजिकै रुमालेमा शुक्रवार विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते छन् ।

 दुर्घटनामा अन्य ३ जना घाइते छन् । घाईतेहुनेहरुमा सवारी चालक सरोज घले सहित सुशीला बराल र अमृता गजुरेल छन् । 

गन्तब्य पुग्न केहि किलोमिटर मात्र बाँकी रहँदा जिप दुर्घटना भएको थियो । जीप सडकबाट करिव १५० मिटर तल खसेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved