भुकम्पले भत्काएको बिद्यालयमा रोट्रयाक्ट क्लब अफ गोरखाले शौचालय बनाउने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 01:08:09 AM मा प्रकाशित

laxmi  sunrise bank

रोट¥याक्ट क्लब अफ गोरखाले गोरखा नगरपालिका स्थित स्वाँरामा रहेको गोरखकाली निम्न माध्यामिक बिद्यालयमा परिसरमा सुविधा सम्पन्न शौचालय निर्माण गर्ने भएको छ । गत बर्षको बैशाखमा गएको विनाशकारी गोरखा भुकम्पका कारण बिधालय सहित शौचालय समेत ध्वस्त भएको थियो । 


“जसो तसो हार गुहार गरेर दुइ तिन वटा संस्थाले बिधालय त बनाइदिए तर शौचालय बनाउने कोही आएनन्, अहिले बिधार्थी र शिक्षकहरु सबै नजिकैको जंगलमा चर्पि गर्न बाध्य छौ” बिधायलका प्रअ रमेश श्रेष्ठले भने “रोट¥याक्टको नाम त धेरै सुनेको थे, अहिले हाम्रै स्कुलमा चर्पी बनाउन आको छ खुसी लागेको छ”। 


जिल्लामा सामाजिक काममा सक्रिय रोट¥याक्ट क्लब अफ गोरखाले उक्त बिधालयमा पाँच कोठे सुविधा सम्पन्न शौचालय निर्माण गर्ने तयारी गरेको क्लबका अध्यक्ष सुरज श्रेष्ठले बिजपाटीलाई बताए । उनी भन्छन् “नगरपालिका भित्रैको स्कुल, सदरमुकामबाट ४ किलो मिटर मात्रै दुरीमा रहेर पनि बिद्यालय धेरै समस्यामा रहेछ” शौचालय निर्माणमा क्लबमा आवद्ध सम्पूर्णले आर्थिक एवम श्रमदान समेत गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । 


भुकम्पले बिधालयको सबै भवन भत्काए पनि हाल बिद्यालयका भवन भने ताइवानी संस्था बुद्धिष्ट क्लास रुम, कम्युनिटी हेल्प सेन्टर नेपाल र मेडोरा हेल्थ फाउण्डेसनले निर्माण गरिरहेको बिद्यालयका एक शिक्षकले बताए । 


बिद्यालयमा चर्पीको समस्याबारे थाहा पाए पछि रोट¥याक्ट क्लब अफ गोरखाले क्लबमा आवद्धहरु सदस्यहरु तथा रोटरी क्लब अफ गोरखामा आवद्धहरु संग सहयोग रकम संकलन गरेर  शौचालय निर्माण गर्न लागिएको क्ल्बका पूर्व अध्यक्ष सुजन थापाले जानकारी दिए ।
कक्षा ६ सम्म पढाइ हुने सो बिधालयमा शौचालय नहुदा निक्कै सास्ती भोग्नु गरेको एक विद्यार्थीले विजपाटीलाई गुनासो सुनाए । 


शौचालय निर्माणमा सहयोग गर्न लागि क्लबले जिल्ला शिक्षा कार्यालय, गोरखा नगरपालिकालाई पनि अनुरोध गरेको क्लबका अध्यक्ष सल्लाहकार अञ्जनबाबु खत्रीले बताए । ३० जना भन्दा बढी युवाहरु आवद्ध यस क्लबले स्थापनाकाल देखी नै जिल्लामा सामाजिक कार्यहरुमा सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved