माओबादी केन्द्रका नेता श्रेष्ठलाई गृह जिल्ला गोरखा मै कालो झण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 06:24:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायण काजी श्रेष्ठलाई गृह जिल्ला गोरखाका स्थानियले कालो झण्डा देखाएका छन् । माओवादी केन्द्रको चुनावी अभियानमा सहभागी हुन गोरखा आएका श्रेष्ठलाई उनकै छिमेकी सुलिकोट गाउँपालिका वडा ४ अन्तर्गत साबिकको सौरपानी गाबिसका स्थानियले कालो झण्डा देखाएका हुन ।

सुलिकोट गाउँपालिको केन्द्र र वडा निर्धारण गर्दा सौरपानीबासीलाई अन्याय गरिएको भन्दै नाराबासी सहित आन्दोलनरत सौरपानीबासीले नेता श्रेष्ठ सहित सासंद छम बहादुर गुरुङ, माओवादी केन्द्रको जिल्ला उपाध्यक्ष विष्णु भट्ट लगायतका नेतालाई  कालो झण्डा देखाएका थिए । केन्द्रमा पहुँच राख्ने जिम्मेवार नेता भएर पनि स्थानियको समस्या टुलुटुलु हेरेर बसेको आरोप लगाउदै उनीहरुले श्रेष्ठलाई कालो झण्डा देखाएका हुन्।

स्थानियको बिरोधका विच सौरपानी, स्वाँरा र ताकुकोटको सिमाना पर्ने हुडी खोलामा भएको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बरिष्ठ नेता समेत रहेका पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिले निर्धारण गरिएको गाउँपालिकाको संरचना नितान्त प्राविधिक भएको भन्दै स्थानियलाई आस्वत पार्न प्रयास गरे। 

सौरपानी र स्वाँराका स्थानियले चर्का नारा लगाउदै गाउँपालिकको केन्द्र सार्न माग गरे पछि नेता श्रेष्ठले निर्वाचन आपसी छलफल गरेर निर्वाचन केन्द्र सार्न सकिने भन्दै नआत्तिन स्थानियलाई आग्रह गरे। सौरपानी बाट विरोधका लागि हुडी खोला पुगेको स्थाननियको टोलीले कार्यक्रम गर्न नदिने भन्दै बिरोध सुरु गरे पछि प्रहरीले उनीहरुलाई कार्यक्रम स्थल वरै रोकेर सुरक्षा घेरा बनाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved