स्वदेशी लघुवित्तको ३ लाख कित्ता आइपीओ चैत २५ देखि, कहाँ दिने आवेदन ?  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 10:14:52 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गते देखि ३ लाख कित्ता साधारण सेयर आईपियो निष्काशन गर्ने भएको छ  । कम्पनीले प्रति कित्ता सय रुपियाँ पर्ने गरी ३ करोड बराबरको आईपियो निष्काशन गर्ने भएको हो। इच्छुक लगानीकर्ताले छिटोमा चैत्र २९ र ढिलोमा बैशाख ८ सम्म आवेदन दिन सक्ने छन्   । 

लगानीकर्ता कम्तिमा ५० कित्ता र बढीमा १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले १२ हजार कित्ता कर्मचारीलाई र १५ हजार कित्ता १० ओटा सामुहिक लगानी कोषलाई छुट्याएको छ  । 

१० सामुहिक लगानी कोषहरु:  नबिल ब्यालेन्स फण्ड १, नबिल ईक्विटी फण्ड , एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १,   एनएमबि हाइब्रिड फण्ड एल १, एनआईबिएल सम्वृद्धि फण्ड १, एनआईबिएल प्रगति फण्ड, लक्ष्मी भ्यालु फण्ड १, सिद्दार्थ ईक्वीटी ओरियनटेड स्किम, सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र ग्लोबल आईएमई सम्मुनत फण्ड रहेका छन् ।  

 यी बाहेक कम्पनीले २ लाख ७३ हजार कित्ता सर्बसाधारणको लागि छुट्याएको हो । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ७ करोड रहेकोमा आईपिओ निष्काशनपछि १० करोड पुग्ने छ ।  कम्पनीको अधिकृत पुंजी २० करोड छ । आईपिओ निष्काशन पश्चात कम्पनीको प्रमोटर: पब्लिक शेयर अनुपात ७०:३० रहने छ  ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ३५ लाख खुद नाफा गरेको थियो  ।  

इटहरीमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको कम्पनीले विभिन्न ३९ जिल्लामा ४७ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।

कहाँ दिने आवेदन ?

- स्वेदशी लघुवित्तको केन्द्रिय कार्यालय सुनसरी,

-एनएमबि क्यापिट लिमिटेड नागपोखरी काठमाडौं,

-एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्यविनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर

- उपत्यका बाहिर तीनदोबाटो-बनेपा, गोल्छा चोक- विराटनगर, आदर्श नगर-विरगञ्ज, अनारमनी-वित्र्तामोड, ट्राफिक चोक-बुटवल, नयाँ बजार-दैलेख, बसपार्क रोड -धनगढी, महेन्द्रपथ-धरान, भानुचोक-जनकपुर, नारायाणगढ-चितवन, सुर्खेत रोड-नेपालगञ्ज, न्यूरोड-पोखरा, लम्की-कैलाली, उर्लाबारी चोक-उर्लाबारी, सल्लेरी-सोलुखुम्बु, धुन्चे-रसुवा, इटहरी-सुनसरी

-आस्वा सदस्यको अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु, 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved