चीनबाट फर्किए प्रधानमन्त्री दाहाल, भ्रमण फलदायी भएको भनाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 11:05:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताबब्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री दाहाल बिहान ११ बजे नेपाल आईपुगेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ उच्च नेतासँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। हाईनानस्थित बोआओ फोरममा सहभागी हुन गत बिहीवार चीन गएका प्रधानमन्त्री छेन्चु हुँदै हिजो ल्हासा आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै दाहालले दुई मुलुकवीचको सम्वन्ध सुधारका लागि भ्रमण फलदायी भएको बताएका छन्। चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले दुई पक्षीय सम्वन्धका साथै वान वेल्ट वान रोड ओवर परियोजनामा नेपालको सहभागिता तथा एक चीन नीति प्रति प्रतिवद्धता जनाएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved