वेस्टर्न डेभलपमेन्टले गर्यो लाभाश घोषणा, हेर्नुस कति दिने भयो बोनस ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 02:41:51 AM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न डेभलपमेन्ट बैंकले लाभाश घोषणा गरेको छ । बैंकको चैत्र १३ गते बसेको संचालक समिति बैठकले कुल ३ करोड १३ लाख ९२ हजार रुपियाँ बराबरको बोनस शेयर दिने प्रस्तव गरेको हो । त्यस्तै बैंकले कर प्रयोजनको लागि कुल १६ लाख ५२ हजार २ सय १० रुपियाँ ५३ पैसा बराबरको नगद लाभाश दिने प्रस्ताव गरेको हो । 

बैंकको प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने छ । 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ९३ प्रतिशतले बढाउदै  २ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

 हाल बैंकको चुक्ता पुंजी ३१ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved