विमानस्थलमा उपप्रधानमन्त्रीहरुको हर्कत 'गर्नेलाई भन्दा देख्नेलाई लाज' (फोटो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 04:15:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्प कमल दाहाल, प्रचण्ड स्वदेश फर्किदै गर्दा उनका सहयात्री ३ उपप्रधानमन्त्रीबीचको वरियता क्रम विवाद छताछुल्ल भएको छ। एक साता लामो चीन भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री दाहाललाई स्वागत गर्न पुगेका उप्रधानमन्त्रीबीचको 'को वरिष्ट ?' भन्ने विवाद सतहमै देखिएको छ। 

वरियताक्रमको विवादकै कारण नेपाल पहिलो पटक १ सातासम्म कार्यवाहक प्रमुख बिहिन बन्न पुगेको थियो। उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाको मर्यादाको विवादकै कारण प्रधानमन्त्री दाहालले अहिलेसम्म कायम परम्परा तोड्दै पहिलो पटक नेपाललाई प्रधानमन्त्री बिहिन बनाउन बाध्य भएका थिए। त्यसैले पनि प्रधानमन्त्री दाहाल आफु चीन भ्रमणमा रहंदा कसैलाई पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएनन। 

उपप्रधान एवं गृहमन्त्रि विमलेन्द्र निधि र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल  थापाबीच को ठुलो भन्ने विवाद यति थियो कि जस कारण उनीहरु प्रधानमन्त्री दाहाललाई स्वागत गर्ने क्रममा एक ठाउँमा समेत उभिन सकेनन। थापासंगसंगै निधि उभिन नखोजेपछी प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महरालाई थापाको छेउमा जान सल्लाह दिए। 

प्रधानमन्त्री दाहालका राजनीतक सल्लाहकार खनालले थापा र निधिबीचको 'खटपट'लाई केहि मिनेट रोकथाम गरेपनि उक्त विवाद पत्रकार सम्मेलनमा पुन: देखियो। प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेपछि निधि विमानस्थलको अतिविशिष्ट कक्षसम्म पुगे तर पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसँग बसेनन् तर कमल थापा भने प्रधानमन्त्री दाहालसंग संगै बसे। 

प्रधानमन्त्री दाहाल चीन भ्रमण प्रस्थान गर्नु १ दिन अघि तय गरिएको मन्त्रिपरिषद बैठक समेत वरियताक्रम कै विवादका कारण बस्न सकेन। त्यति मात्र नभई राष्ट्र प्रमुख विदेश भ्रमण रहंदा कार्यवाहक तोक्ने परम्परालाई तोड्ने दुस्साहस गरेका प्रधानमन्त्री दाहाललाई उनका सहयात्रीले फेरी एक पटक 'लज्जास्पद' बनाइदिएका छन। 

राप्रपाका अध्यक्ष थापालाई उपप्रधान दिएर सत्ता बचाउन सफल भएका प्रधानमन्त्री दाहालले यस्तो कठिन परिस्तिथिमा अब सरकारको नेतृत्व कसरि गर्लान त्यो समयले बताउला तर वरियताक्रमको विवादकका कारण उपप्रधानमन्त्रिहरुले गरेको 'केटाकेटिपन' ले नेपाली जनतालाई भने 'खै के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो' बनाएको छ। प्रधानमन्त्रीलाई स्वागत गर्न एकै ठाउमा उभिन नरुचाउने उप्रधानमन्त्रीहरुले मन्त्रिपरिषदको बैठक लगायतका स्थानहरुमा एक ठाउँमा बसेर काम कसरि गर्लान त्यो भने सोचनीय छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved