लक्ष्मी बैंकको शत प्रतिशत हकप्रद प्राप्त गर्ने आज अन्तिम दिन, बैशाख ३ देखि निष्काशन  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 09:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले बैशाख ३ देखि हकप्रद निष्काशन गर्ने भएको छ ।  बैंकले १:१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  बैंकले १०० सय रुपियाँ अंकित ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  लगानीकर्ताले जेष्ठ ७ गते सम्म हकप्रद भर्न सक्ने छन् ।  

 हकप्रदको लागि चैत्र १८ गते बुक क्लोज मिति तय गरिएको छ ।  अर्थात् चैत्र १७ गते सम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् ।  हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।  

हाल बैंकको चुक्ता पुंजी ३ अर्ब १५ करोड रहेकोमा हकप्रद पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ३१ करोड पुग्ने छ ।  बैंकसंग १० अर्बको अधिकृत चुक्ता पुंजी रहेको छ ।  

इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल,  लक्ष्मी क्यापिटल मार्केट्सको कार्यालय तथा लक्ष्मी बैंकको सम्पूर्ण शाखामा आवेदन दिन सक्ने छन् ।  

बैंकले १८.२९ प्रतिशत बोनस पनि प्रस्ताव गरेको छ ।  हकप्रद प्राप्त गंरे सबैले बोनस पाउने बैंकले जनाएको छ ।  हकप्रद र बोनसपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड पुग्ने छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved