विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट गाभ्न प्राईम कमर्शियलले पायो अन्तिम स्वीकृति, यस्तो छ स्वाप रेसियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 30, 2017 | 11:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्राईम कमर्शियललाई २ बैंक आफुमा गाभ्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि प्राईम कमर्शियललाई अन्तिम स्वीकृति दिएको हो ।

यस एक्वायार प्रक्रियाको लागि स्वाप रेसियो १००:७५:४० रोकिएको छ । जस अनुसार विराटलक्ष्मीको १०० कित्ता शेयर हुने लगानीकर्ताले प्राइम कमर्शियलको ७५ कित्ता शेयर पाउने छन् । त्यस्तै कन्ट्री डेभलपमेन्टको १०० कित्ता शेयर हुने लगानीकर्ताले प्राइम कमर्शियलको ४५ कित्ता शेयर पाउने छन् ।

यी दुई बैंकलाई गाभेपछि प्राइम कमर्शियलको चुक्ता पुंजी ६ अर्ब ३२ करोड पुग्ने छ । राष्ट्र बैंकको निर्देशन अनुसार हरेक बाणिज्य बैंकले आर्थिक बर्ष ७३/७४ को अन्त्यसम्ममा चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved