विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेदरल्याण्डसलाई २१८ रनको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 04:08:01 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व क्रिकेट लिग च्याम्पियनसिप लिग अन्तर्गत अहिले नेपाल र  नेदरल्यान्डसबीचको खेल जारी छ। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले नेदरल्याण्डसलाई २१८ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ९  विकेट गुमाउदै  २१७ रन जोड्यो  । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा ८४ रन जोडे  । उनले ९४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ८४ रन बनाएका छन्  । उनी अशन मालिकको बलमा आउट भए  । उनले चौथो विकेटको लागि सागर पुनसंग ११८ रन्को साझेदारी गरे  । 

त्यस्तै सागर पुनले ४५ रन, ज्ञानेन्द्र मल्लले ३९ रन  जोडे  । राजु रिजाल शुन्य रन मै आउट भए भने अनिल मण्डल र शरद भेषवाकरले क्रमश: ४ र ६ रन जोडे  ।  बिनोद भण्डारीले १७   रन जोडे   । 

चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसको सामना गरी रहेको हो    ।  पहिलो खेलमा नेपाल शनिबार ७ विकेटले पराजित भएको थियो   । 
 

जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । त्यस्तै चार अङ्क जोडेको नेपाल भने लिगको छैठौ स्थानमा छ । नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न  आजको खेल जित्नैपर्ने दबाब छ । 

जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने विश्वकप खेल्ने अन्तिम खुट्किलो मानिएको आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved