दैलेखमा धारिलो हतियारको प्रयोग गरी एक दम्पतिको हत्या भएको छ भने दम्पतिका एक छोरा घाइते भएका छन । दैलेखको भगवतीमाई गाउँपालिका–७ बडाभैरव लाम्तडका ४० बर्षीय जयबहादुर सिंह र उनकी ३९ बर्षीया श्रीमती कमला सिंहको आइतबार राती हत्या भएको हो ।आइतबार बेलुकी ८ बजे सिंहका परिवारलाई धारिलो हतियार खुकुरी र हसिया प्रहार भएको थियो ।
घटनामा मृतक दम्पतीका छोरा दिपकबहादुर सिंहको पनि घाँटीको आधा भाग काटी घाईते अवस्था भेटिएकोमा उनलाई भने तत्कालै उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
दम्पत्तिको हत्या सोही स्थानमा बस्ने खेमराज खड्का लगायतका ३ र ४ जनाको समुहले गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई अस्थायी प्रहरी पोष्ट लोहारले पक्राउ गरेको छ भने अन्य फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।