नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी परेको छ । पौडेल बिरुद्द पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका हुन् । जोशीले तनहु १ बाट आफ्नो दाबी प्रस्तुत गर्दै आएका थिए । तर कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुन् ।
भ्रष्ट्राचार काण्डमा मुछिएको भन्दै कांग्रेसले जोशीलाई टिकट दिन आनाकानी गरेको हो । तर जोशीले कांग्रेसको टिकट वितरणमा नातावाद,कृपावाद र ठूलो आर्थिक चलखेल भएको दाबी गरे । उनले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको बताए ।
जोशीलाई भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली लगायतको समर्थन छ ।