त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल शुक्रबार प्रकाशन भएको छ ।
उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने बताइएको छ ।