माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख बन्ने पक्का भएको छ ।
एमाले माओवादी गठबन्धनबाट सभामुखका उम्मेद्वार बनेका महराले संघीय संसद सचिवालयमा उम्मेद्वारी दर्ता गराएका थिए ।
महरालाई नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका छन् । आज एक बजेसम्म उम्मेद्वारी दर्ताको समयसिमा कायम गरिएको भएपनि कांग्रेसले माओवादी नेता महरा सभामुखका लागि उपयुक्त उम्मेद्वार भएको भन्दै उम्मेदवारी नदिउको जनाएको छ ।
महराको प्रस्तावकमा एमाले नेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादीका देव गुरुङ छन् ।
संसद सचिवालयले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र भोलि दिउँसो १ बजे चुनाव गर्ने कार्यतालिका बनाएको छ । सभामुखका लागि महराको एकल उम्मेदवारी परेकाले उनलाई भोलि मात्रै निर्वाचित भएको घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतीय राजनीतिलाई बढवा दिन सभामुखमा पार्टीले उम्मेद्वार नउठाएको जनाए ।