श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कारवाही गरिने अठोट व्यक्त गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विष्टले त्यस्तो खराब काम गर्नेबारे संस्थागत र व्यक्तिगत उजुरी दिन पनि आग्रह गरे। यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि दैनिक उजुरी सुनुवाइको व्यवस्था गरिएको र श्रम स्वीकृतिका लागि प्रदेश नं १ को इटहरी र प्रदेश नं २ को धनुषामा नयाँ कार्यालय खोलिएको उनले जानकारी दिए। रासस