यी हुन प्रधानन्यायाधीशको लागि सिफारिशमा परेका ३ नाम, कसले मार्ला बाजी ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 27, 2018 | 07:58:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गोपाल पराजुलीले बर्खास्तमा परि पदबाट राजीनामा दिएपछी प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि न्याय परिषदले तीन जनाको नाम सिफारिश गरेको छ। 

मंगलबार बसेको न्याय परिषदको बैठकले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद् समक्ष सिफारिश गरेको छ। 

सिफारिस गरिएका तीन जनाको नामलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्छ। तर अहिलेसम्म नियमावली नबनेका कारण संसदीय सुनुवाई समिति गठन हुन सकेको छैन। त्यसैले रिक्त पद पूर्तिका लागि अझै समय लाग्ने देखिन्छ। हाल वरिष्ठ न्यायाधीश जोशीले नै कायम मुकायम प्रधान न्यायाधीशको काम सम्हाल्दै आएका छन। 

न्याय परिषदले सर्वोच्च अदालतमा तीन बर्ष न्यायधिशका रुपमा काम गरेका न्यायाधीशहरुको सुची संबैधानिक परिषदमा पठाउने र त्यसमध्यबाट एक जनालाई प्रधान न्यायाधीश नियुक्त गर्ने अभ्यास छ। अहिलेसम्म वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने प्रचलन रहँदै आएको छ। वरिष्ठताका आधारमा जोशी पहिलो नम्बरमा पर्छन् भने मिश्र र जबरा क्रमश: दोस्रो र तेस्रोमा छन।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved