पश्चिमा संस्कारको सिको गर्दा बढेको बिकृति, लाखौ नेपाली अप्रिलफुलको शिकार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 01, 2018 | 11:18:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज अंग्रेजी महिना अप्रीलको पहिलो दिन । 

विश्वका केही देशले आजको दिनलाई मुर्ख दिवसको रुपमा ढाटेर छलेर मनाउने गर्दछन् । बढ्दो सञ्चार र पश्चिमा सस्कारको प्रवृत्तिले हामी पनि अछुतो रहेनौ । ठ्याक्कै त्यसैको सिको गर्दै हाम्रो देशमा पनि केही वर्ष अघिदेखी ढाट्ने, छल्ने र अरुलाई दुख दिने खालका गतिविधि बढेका छन् । 

हामी सहनशील, धैर्यवान, इमान्दार भनिएका नेपालीका लागि यो संस्कार पटक्कै सुहाएको छैन । सामाजिक सञ्जालमा झुठा जानकारी टाँस्ने, अनेकौ टिप्पणी गर्ने खालका गतिविधि देख्न पाईन्छ । यसले हाम्रो संस्कारलाई शोभा भने दिएको छैन । बरु हामी पनि एकअर्कालाई मुर्ख बनाएर, ढाटेर, दुख दिएर रमाउन सक्दा रहेछौँ भन्ने गलत किसिमको शन्देस पक्कै दिएको छ । वर्षौदेखी मिलेर बसेका दाजुभाई, साथीभाई लगायत जो कोही पनि यसको सिकार भएका छन् । 

एकाबिहानै फोन गरेर ओई त कहा छस्, म तलाई भेटन आएको छु लिन आईज न, ओई तल्लो गाउँको ठुलो काका वितेछन मलामी जाने होईन, केपी ओलीको पनि बुढेसकालमा छोरो जन्मेछ नी, विपी कोईरालाको कोट लिलामीमा राखेको रैछ मैले किने, राजेश हमालकी श्रीमति मधुले त एकैपटक चार सन्तान जन्माईन रे, तीन छोरा एक छोरी लगायत यस्ता धेरैथरीका फोनको सिकार भईयो आज । यिमध्ये कति त पत्यार नै लाग्यो तर केपी ओलीको छोरो जन्मेको र राजेश हमाल एकैपटक ४ सन्ताका बाबु भएको कुरो भने पत्याईएन । 

सामाजिक सञ्जालमा यतिखेर विदेश गए है वाई वाई नेपाल भन्नेको संख्या लाखौ छ । यसो भन्ने जति कोही दिनभर अनलाईनमा बसेर फेसबुक चलाउँदै आफू महामुर्ख र अरुलाई मुर्ख बनाउँदै छन् । यो लेख लेख्न बसिरहँदा समयको महत्व थाहा नहुनेहरुले बढी यस्ता खाले गतिविधिमा समय खर्च गर्ने गरेको हो कि भन्ने पनि लाग्छ । फेरि कोहीसँग अप्रील फस्ट मुर्ख बनाएरै मनाउनुपर्ने हो र भनी पश्न गर्दा यस्तो प्रतिक्रिया आयो :

सोलुखुम्बु घर भएर काठमाडौँ बस्दै गरेकी आङनिमा पनि यसको सिकार भईन, उनी भन्छिन, ‘यो मलाई ठिक लागेन, जसले पनि झुक्याएको छ, विहान विहानै फोन गरेर दुःख दियो ।’

त्यस्तै चावहिलका मोहन भन्छन, ‘मलाई यो ढाट्ने छल्ने काम ठिक लाग्दैन, यो त समयको मात्रै वर्वाद हो ।’ कलाकारीतामा सामान्य दख्खल राख्ने र दर्शकलाई हसाउँदै आएका रेडियोकर्मी मोहन वाग्ले भने यसको समर्थन गर्दै भन्छन, ‘महिनौ काम गरेर बसेको हुन्छ, एकछिन ढाट्यो अनि ए हो र भन्छ उसले अनि आफैँ हासिदियो हाहाहाहा, उसले भन्छ किन हाँसेको अनि फ्याट्ट भनिदियो आज त ढाट्ने दिन हो नी, एक हिसाबमा रमाईलो नै हुन्छ ।’

सबैसँग प्रतिक्रिया लिन सकिन्न, तर यसबाट के थाहा हुन्छ भने अप्रील फुन मनाउनु हुन्न भन्नेपनि कुनै न कुनै तवरबाट मनाईरहेको हुन्छ । आज पो विशेष दिन नै भएर यसको चर्चा ज्यादा भएको त नत्र मान्छेले मान्छेलाई ढाट्न कहिले पो छोडेको छ र ? 

आँखिर जे जस्तो भएपनि सभ्य रुपमा सामान्य हाँसखेल स्वभाविक नै हो । अरुलाई दीर्घकालिन असर पर्नेगरी भने अप्रील फूलको नाममा अनावश्यक गतिविधि गर्नु राम्रो होईन । मानिस अप्रील फस्ट आउनुभन्दा कहिना दिन अघि देखी नै यसपाली यस यसलाई फूल बनाउछु भनर योजना बनाएर बसेका हुन्छन् । त्यसैले यस्ता गतिविधका बारेमा भने जानकार हुनुपर्छ । 

यो लेख लेख्ने म पनि आज धेरैको फूल को सिकार भएँ, गुलावको फूल भएको भए सहर्ष स्वीकार्थे होला तर आजको फूल गुलावभन्दा महङ्गो पर्न गयो । हुनत मैले पनि सामाजिक सञ्जालमा २÷४ वटा फूल वाला स्टाटस हालेको छु । त्यसले खासै कसैलाई पनि असर गरेको जस्तो लागेको छैन । हुन त सबै म जस्तो हुँदैनन्, कतिलाई असर पनि गरेको होला, तर मलाई पनि पश्चिमा संस्कारले चुर्लुम्म डुबाएको छ । यति गर्न सकेन भने कस्तो पाखे रहेछ भन्छ यो समाजले, पाखे भन्नुभन्दा छट्टु नै बन्नु ठिक लाग्छ । कि कसो ? कतिपय मानिसहरु सोझो दिमागले सोच्ने खालका हुन्छन । तीनलाई चाही यस्ता छट्टुहरुको संगत नगर्नु मात्रै भन्न सक्छु । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved