सबै स्थानीय तहका केन्द्रदेखि जिल्लाको सदरमुकामसम्मको सडक कालोपत्रे गरिने भएको छ। संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन ।
त्यस्तै सरकारले राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवे रुपमा विस्तार गर्ने भएको छ । सडक सुरक्षा सुनिश्चित गर्न सडकमा आवश्यक रेखांकन तथा सुरुगमार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अबको ५ वर्ष भित्र काठमाडौं निजगड फास्ट ट्याक, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक मार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने नीति कार्यक्रममा समेटिएको छ ।