संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सम्पत्तिमा एउटा पुरानो साइकल रहेको छ । लालबाबु पण्डितको सम्पत्तिमध्ये सवारी साधनमा एउटा पुरानो साइकल रहेको छ ।
विवरण अनुसार उनको मोरङको विराटनगरमा एक कट्ठामा बनेको पाँच तले घर, ललितपुरको भैसेपाटीमा श्रीमती विमला पण्डितको नाममा चार आना जग्गा रहेको छ । उनको १५ तोला चाँदी र १० तोला सुन रहेको उल्लेख गरिएको छ । साथै उनको नाममा एभरेष्ट बैंकमा २५ लाख, श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।