स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्रािष्ट्रय श्रम सम्मेलनको १०७ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले आज संवोधन गरेका छन् । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा छन् । उक्त अधिवेशनमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेन्द्र कुमार खड्का र महासंघका उपमहानिर्देशक हंसराम पाण्डेले समेत भाग लिइ रहेका छन्र । सम्मेलन आगामी जुन ८ तारिखसम्म संचालन हुनेछ ।
संवोधनका क्रममा ढकालले अहिलेको विश्वको साझा चुनौती भनेकै दीगो समावेशी आर्थिक विकास, गरिवी निवारण, रोजगारी सृजना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनिकरण गर्नु पर्ने कुरामा जोड दिदै आधुनिक प्रविधिको प्रयोगले श्रम बजारमा नयाँ शीपयुक्त जनशक्तिको माग बढ्दै गएको कुरा उल्लेख गरे ।
सभापति ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह समेत गरे । दीगो सरकार निर्माण भई राजनीतिक स्थायित्व समेत प्राप्त गरेकाले नेपाल लगानीका लागि महत्वपूर्ण गन्तव्यको रुपमा विकास भैरहेको समेत उनले स्पष्ट पारे । श्रमिकहरुको सामाजिक सुरक्षा सहितका विषयलाई समेटेर नेपालमा नया“श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन आएकाले औद्योगिक विकास तथा प्रवद्र्धनका साथै श्रमिकहरुको हितका लागि समेत उक्त ऐन महत्वपूर्ण रहेको स्पष्ट पारे । साथै उनले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर बन्दै गएको समेत विश्व जानकारी गराए ।
आर्थिक विकासको प्रतिफल देशको तल्लो तहका जनतासम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकासमा नेपाली निजी क्षेत्रको जोड रहेकोधारणा राखे । सम्बोधनका क्रममा ढकालले नेपालको आर्थिक तथा प्राविधिक क्षेत्रमा आइएलओको सहयोगको खा“चो समेत औल्याए ।
अन्तराष्ट्रिय श्रम सम्मेलनमा विश्वका १८० भन्दा बढी देशका सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागिता रहेको छ । सोही अवसरमा उपाध्यक्ष ढकालले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षहरु बारेमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसँग विस्तृत विचार विमर्श गर्नु हुने कार्यक्रम छ । साथै उनले अन्तराष्ट्रिय श्रम संगठन र अन्तर्रािष्ट्रय रोजगारदाता संगठन का पदाधिकारीहरुसँग समेत भेटघाट एवं छलफल गर्ने छन् ।