प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस भएको छ । मंगलबार बसेको संवैधानिक परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।