भारतमा बुधबार शक्तिशाली भूकम्प गएको छ । भारतको मेघालय स्थिति बनगाईमा केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपाली समय १०:३५ मा गएको भूकम्प नेपालसम्म महशुस भएको थियो । बिशेषगरी नेपालको पुर्वान्चलका जिल्लाहरु झापा , पाचथर, ताप्लेजुंग, इलम , बिराटनगर भूकम्पको झड्का बढी महशुश गरिएको थियो ।
यहि भूकम्पले नेपालको राजधानी काठमाडौँ पनि हल्लाएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै बंगलादेशको राजधानी ढाकामा पनि भूकम्प महाहुश भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।