नेपाल वायुसेवा निगममा दुई महाप्रवन्धक भएका छन् । वाइडबडी विमान खरिद प्रकरणमा विवादमा मुछिएका महाप्रवन्धक सुगतरत्न कंसाकारले पदबाट राजिनामा नदिएपछि निगममा दुई महाप्रवन्धक भएका हुन् ।
सरकारले निगमको कार्यकारी अध्यक्षमा आइतबार मदन खरेललाई नियुक्ति गरेको थियो । तर कंसाकारले सरकारको निर्णयप्रति असन्तुष्टी जनाउँदै आफू अधिकारविहिन भएपनि पदमा बसिरहने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
कंसाकार माथि विमान खरिदमा अनियमितता गरेको गरेो खारोप लागेपनि नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले भने अनियमितता नभएको दाबी गर्दै आएका थिए ।
हिजो राती बसेको मन्त्रिपरिषद बैठकले नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा कार्यकारी अध्यक्षलाई महाप्रवन्धकको काम, कर्तव्य समेत सुम्पन सक्ने व्यवस्था छ ।
२०७० जेठमा चार वर्षका लागि निगमको महाप्रवन्धक बनेका खरेलले काम गर्नेे वातावरण नभएको भन्दै एक वर्षमै राजिनामा दिएका थिए । खरेललाई सरकारले गत शुक्रबार निगमको सञ्चालक समिति सदस्य र दुई दिनपछि नै कार्यकारी अध्यक्ष बनाएको हो ।
यस अघि :