काभ्रेमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका प्रहरी नायव महानिरीक्षक डीआईजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । भण्डारीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको घटनास्थल नै मृत्यु भएको थियो।
मण्डन देउपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालका अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहे छन् । मृतक पराजुली पत्रकार हुन्।
घाइते भएका बाँकि ३ जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।