३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले एक नेपालीलाई पक्राउ गरेको छ । युएई प्रहरीले हरि खड्कालाई पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको सूचना प्राप्त भएपनि पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।