सगरमाथा र मकालु हिमाल आरोहण गरेर फर्किदा दुई भारतीय आरोहीको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । उनी त्यहाँ सुतेको सुत्यै भए । सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।
यस्तै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्किँदा अर्का भारतीय सैनिक नारायण सिंहको पनि मृत्यु भएको छ । ८४८१ मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ताका दिपंकर घोष भने हराइरहेका छन् ।
यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।