रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषाको परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएका छन् । काठमाडौं, ललितपुर र पोखरामा परीक्षा केन्द्र तोकिएका छन् ।
जेठ २५ र २६ गते हुने कोरियाली भाषाको परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । दिनमा दुइ सत्र गरेर परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ। पहिलो शत्रमा १० बजेदेखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ ।
यो बर्षको कोरियन भाषाको परिक्षामा ९२ हजार ३७६ परिक्षार्थि सहभागि हुदैछन् । कृषि तथा पशुपालनमा २८ हजार ८८९ जना र उत्पादनमा ६३ हजार ४८७ जना रहेका छन् ।
अभिमुखिकरणको क्रममा परिक्षार्थिलाइ मर्यादित भएर परिक्षामा सहभागि हुनको लागि प्रशिक्षित गरिनेछ । परिक्षार्थिले परिक्षाहलको मर्यादा उल्लंघन गरेमा सार्वजनिक मुद्दा चल्ने इपिएस शाखाले जनाएको छ । गत वर्षको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सरकारले ५० परीक्षार्थीमाथि सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो ।
हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ। इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् ।
आवेदकको परीक्षा केन्द्रबारे विस्तृत विवरण यही जेठ १९ गते प्रकाशन गरिने शाखाले जनाएको छ ।