सरकारले सडक जाम ब्यबस्थित गर्न तीनकुने–जडिबुटी–कोटेश्वर सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै उनले नयाँ बानेश्वरमा अण्डरपास र थापाथलीदेखि त्रिपुरेश्वरसम्म फ्लाईओभर निर्माण गर्नको लागि बजेट बिनियोजन गरेको जानकारी दिए ।
यस सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने अर्थमन्त्री खतिवडाले बताएका हुन् ।