नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको छ । आइतबार राती राति १२ बजे विप्लवका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकी आक्रमणका पुगेका थिए । तर आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको छ ।
चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको बताइएको छ । केही दिनअघि देखि नै शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि प्रहरीले त्यहाँ उच्च सतर्कता अपनाएको थियो ।
प्रहरीले आफूले चाहेको भए विप्लव पक्षको ठूलो क्षति हुने भएपनि सतर्कता अपनाईएको बताएको छ । घटना भएको ठाउँ जिल्ला सदरमुकाम सल्लेरीबाट २५ कोश टाढा रहेको छ ।