कैलाली र कंचनपुरमा भिषण हावाहुरी, १२ जना गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 08:15:15 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

बिहिबार बेलुका सुदुरपश्चिम प्रदेशको विभिन्न स्थानमा भिषण हावाहुरी आएको छ ।  बिशेष गरी कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हावाहुरीले जनजीवन प्रभावित भएको छ  । हावाहुरीमा परि डेढ दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भिर छ  । घाइतेहरुको सेती अञ्चल अस्पताल, धनगढीको निसर्ग र  महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ  । 

हावाहुरीले  बिजुलीका पोल ढलेको छ भने कैयौ घरका छानो उडाउनु साथै घरहरुमा क्षति पुर्याएको छ । त्यस्तै रुखहरु ढल्दा गाडीहरुमा क्षति पुगेको कैलालीका एसपी सुदीप गिरीले जानकारी दिएका छन्।  अहिले उद्दार कार्य जारि रहेको र क्षतिको थप विवरण आउँन बाँकि रहेको एसपी सुदीप गिरीले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved