साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा शोषण भएको दाबी गरेका छन् । काठमाडौँ ओर्लिएपछि ओलीले गुठी विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको बताए । उनले भने, ‘कुनै पनि काम सतप्रतिशत हुँदैन, सुधार गर्नु पर्ने भए सरकार त्यसका लागि तयार छ ।’
उनले सरकारले कला संस्कृतिको संरक्षण गर्ने बताए । उनले भने, ‘रीतिरिवाज र धर्म तथा संस्कृतिका कुरामा जानेर–नजानेर कमजोरी भएको रहेछ भने सच्याउन तयार हुनेछौँ । कसैले चान्स पाउने छैन सरकारको विरोध गर्न ।’