संसदमा विरोध खतिवडाको गीत,‘बुझ्नेले कुरा नबुझेपछि.........’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 10:48:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सांसद विरोध खतिवडाले गुठी विधेयकको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीच दुरी बढेको भन्दै वार्ताका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् । 

उनले भने “अहिले सरकार र गुठीयारको बीचमा ३६ को आँकडा छ । त्यसका बाबजुत पनि हाम्रो कुरा बुझिएन भनेर दुईटैले गाना चाही एउटै गाईरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ । गुठीयारहरु यही गाना गाईरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, मसाल त समात्नै पर्यो जुलुशमा हिड्नै पर्यो भनेर ।” 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved