रोकिएन टिप्पर आतंक, फेरि एकजनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 02:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका ५ छाङमा टिप्परको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५९ वर्षीय बलबहादुर विक रहेका छन् ।

म्याग्देबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ क ४३२३ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको हो ।

टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved