मनसुन सुरुहुँदा पनि किन परेन पानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 10:54:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय हुन सकेको छैन । न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन/चार दिन लाग्ने भएकोले तत्काल भारि बर्षाको सम्भाबना नरहेको जनाइएको छ ।

मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन/चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दिपायल, धनगढी, नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved