मन्त्रिपरिषद् बैठकको बीचमै बाहिरिए उद्योगमन्त्री यादव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 08:06:29 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग मन्त्री मातृका यादव मन्त्रिपरिषद्को बैठक सकिनु अगाडी नै बैठक कक्षबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानको लागि मन्त्रिपरिषद्को आकष्मिक बैठक डाकेका थिए । मन्त्री यादव बैठकको बीच मै बाहिरिएका हुन् ।

सीमा नाकामा  आएका तरकारीको बिषादी परिक्षण रोकेपछि सरकारको चर्को आलोचना भईरहेको छ  । मन्त्री यादवले सोमबार संसदमा आवश्यक उपकरण अभावमा तत्कालको परिक्षण रोकेको बताएका थिए  । 

सोमबार वा बिहिबार बैठक बस्ने प्रचलन रहेपनि प्रधानमन्त्री ओलीले आकष्मिक रुपमा आज मंगलबार बिहान सिंहदरबारमा बैठक बाेलाएका हुन। आकष्मिक मन्त्रिपरिषद्को बैठक डाकिएकाले बैठकलाई चाँसोका साथ हेरिएको छ। सोमबार मन्त्रिपरिषद्को बैठकको क्रममा नै राष्ट्रपतिसँग समय माग भईसकेकाले उता जानू पर्ने भन्दै मंगलबारलाई सारिएको एक मन्त्रीले बताएका छन। 

'सोमबार एउटा मात्र अजेन्डामा छलफल गरी मन्त्रिपरिषद्को बैठक बिचमै छाडेर प्रधानमन्त्री शितलनिवास जानु भयो' उनले भने, ' त्यहि बैठकलाई आज निरन्तरता दिईएको मात्रै हो'    ।

नेपालको इतिहासमा सम्भवत: यसरि दुई दिनसम्म एकै एजेण्डामा मन्त्रिपरिषद्को छलफल चलेको यो नै पहिलो घटना भएको अनुमान गरिएको छ। आजको बैठकमा सुरक्षा सम्बन्धि रिपोर्टिंङ गरिने बताएको छ। 

मन्त्रीहरुको कार्यप्रगतिमा प्रधानमन्त्री अनसन्तुष्ट रहँदै आएको र मन्त्रिपरिषद्‌का सदस्य हेरफेर तथा केहीको बिदाइ हुने सम्भावना समेत रहेको बताइएको छ। तर प्रधानमन्त्रीको एकल अधिकारक्षेत्र भित्र रहेकाले मन्त्रिपरिषदका सदस्य फेरबदलको लागि छलफल चलाउन नपर्ने राजनीतिक बिज्ञहरुको भनाई छ।   

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved