‘धर्ती माता’ भनिने विष्णु कुँवर धरौटीमा रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 03:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवर थुनामुक्त भएकी छन् । काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाएको थियो । तर दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।

अदालत र प्रशासन दुवै निकायमा धरौटी वापतको रकम बुझाएर उनी थुनामुक्त भएको डीएसपी होविन्द्र बोगटीले बताए । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।

भद्रकाली मन्दिर परिसरमा कुँवरले एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved