विषादी प्रकरणमा मन्त्रीले झुक्याए, माफी चाहान्छुः प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 10:49:48 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारताट आयत हुने तरकारीको विषादी परीक्षण नगर्ने निर्णयमा आफूलाई झुक्याइएको बताएका छन् । तरकारीको विषादी जाँच गर्ने नगर्नेबारे भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपरेको उनको भनाई छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई जानकारी नभएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित भएँ । यसप्रति म क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले उद्योगमन्त्री मातृका यादवप्रति लक्षित गर्दै सामान्य लापरबाही वा जानीबुझि कसेले गल्ती गरेको हो भनेर बुझ्ने काम भईरहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved