बुलेरोको ठक्करबाट गाउँपालिका अध्यक्ष घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 12:38:18 PM मा प्रकाशित

laxmi  sunrise bank

धादिङका सिद्दलेक गाउँपालिकाका अध्यक्ष घाइते भएका छन । धादिङबेंसी घरबाट कार्यालयतर्फ जाँदै गरेका गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँएको हो ।

धादिङबेंसीतर्फ जाँदै गरेको बा १४ च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा ९१ प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जीप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताए ।

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved