भारतीय दुताबासमा नेपाली मिडियाका साहु र 'वरिष्ट' पत्रकारलाई रक्सीसहितको रात्रिभोज (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 09:23:46 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका ठूला भनिएका सञ्चार माध्यमका सम्पादक र मालिकलाई रात्री भोज खुवाईएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति दूतावासभित्रै मदिरासहितको रात्रिभोज आयोजना गरेका हुन् । 

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज दिएका हुन् ।रात्रिभोजमा सिंगलमार्ट ह्वीस्की, डबल ब्ल्याक लेबल, जंगली बँदेलको मासु खुवाईएको स्रोतले जनाएको छ । 

रात्रिभोजमा युरोपियन युनियनका नेपाल ‘एजेन्ट’ दमनाथ ढुंगानाका ज्वाइँ एवम् कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक हरिबहादुर थापा, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, नयाँ पत्रिका दैनिकका मालिक एवम् सम्पादक कृष्णज्वाला देवकोटा, केएमजीका अनुप काफ्ले, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी, मधेस मिडिया हाउस नामक एनजिओका मालिक डा.राजेश अहिराज, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल, एवीसी टेलिभिजनका मालिक शुभशंकर कँडेल, कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, अभियान दैनिकका सम्पादक मदन लम्साल, वैदेशिक रोजगार व्यवसायी एवम् सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङ, खबर हव डटकमका सम्पादक प्रमोद सेंढाई, मानस घिमिरेलगायतको उपस्थिति रहेको स्रोतले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved