कालिमाटी पुगेर कृषिमन्त्रीले भने 'विषादीको प्रयोग भयाभह छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 10:04:57 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषिमन्त्री चक्रपाणि खनालले अहिले तरकारीमा विषादीको प्रयोग भयाभह नभएको बताएका छन् । खनालले शुक्रबार कालिमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेपछि यस्तो बताएका हुन् ।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेपछि सरकार आलोचित बनेको थियो । निरीक्षण पछि मन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ र अन्यत्र दुई समूहका विषादी परीक्षण हुने बताए ।अर्गानोफस्फेट र कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुने बताए । जसले तरकारीमा प्रयोग हुने विषादीको करिव ३३ प्रतिशत हिस्सा ओगट्छ । उनले थप्दै भने नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव छैन ।

गत असार २ गते सरकारले विषादी परीक्षण गर्ने निर्णय गरेपछि प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण नगरी फाइटो सर्टिफिकेट मात्र खोजेको खनालले बताए ।पछिल्लो पटक गरिएका २००० नमुना परीक्षणमा दुई वटाले मात्र पहेँलो लाइन क्रस गरेको र त्यो तरकारीलाई तत्काल नष्ट गरिएको उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved