एयरपोर्ट बन्द भएपछि ५ विमान डाईभर्ट, २ वटा घुमेको घुम्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 10:11:35 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरको जहाज चिप्लिएर विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । यति एयरको चिप्लिएको जहाज हटाउन समय लाग्ने भएकोले विमानस्थल बन्द गरिएको छ । 

विमानस्थल बन्द भएकोले काठमाडौँ आउँन लागेका जहाजलाई डाईभर्ट गरिएको छ ।  विमानस्थलका अनुसार एयर चाइनाको विमानलाई ल्हासा, दुबईबाट आएको नेपाल एयरलायन्सलाई दिल्ली, दोहाबाट आएको हिमालय एयरलायन्सलाई वाराणसी, दोहाबाट नै आएको कतार एयरवेजको जहाज कोलकाता डाईभर्ट गरिएको छ । त्यस्तै थाईल्याण्डबाट आएको थाई एयरवेज र ढाकाबाट आएको विमान बंगलादेशको जहाज काठमाडौँको आकाशमा नै घुमिरहेका छन् । 

यतिको जहाज धावनमार्गबाट जहाज चिप्लिएर ट्याक्सी वेमा पुगेको हो।  नेपालगञ्जबाट काठमाडौँ आएको  यतिको एटीआर जहाज अवतरणको क्रममा चिप्लिएको हो । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना यात्रु थिए । विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जहाज चिप्लिदा २ यात्रु घाइते भएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved