त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाज हटाउन नसक्दा विमानस्थल ४ घण्टादेखि बन्द छ ।
धावनमार्गमा चिप्लिएको जहाज हटाउन सकस भएपछि आन्तरिक तथा अन्तराष्ट्रिय उडान अबरुद्ध छ । महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जहजा रहेको ठाउँमा पानी र हिलो भएकाले निकाल्न कठिनाई भएको छ ।
जहाजलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् ।
काठमाण्डौ आउँदै गरेका अन्तराष्ट्रिय उडानका विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको छ । नेपालगञ्जबाट काठमाण्डौ आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो ।