मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केहि मात्रमा खोलिने भएको छ । पानीको तह बढेर बाँध नै फुट्न सक्ने सम्भावना भएपछि केहि मात्रामा बाँध खोलेर पानीलाई निकाश दिन लागिएको हो। हाल पानीको तह १ हजार ५ सय २५ मिटर ४० सेन्टिमिटर नाघिसकेको छ। पानीको तह १ हजार ५ सय ३० पुगेमा 'ओभर फ्लो' हुन थाल्छ ।
बाँध खोलिने भएपछि बागमती नदीको तल्लोतटीय मकवानपुर सर्लाही र रौतहट जिल्लाको क्षेत्रमा बहाब बढ्ने छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका तथा सर्लाही र रौतहटका पनि केही भू-भागमा सावधानी अपनाउन आग्रह गरिएको छ। नदीको छेउछाउ सांझ सम्मै सतर्कताको लागि गृह मन्त्रालयले अपिल गरेको छ ।