बोटलर्स नेपालको बुक क्लोज तय, प्रतिशेयर २५ रुपैयाँ लाभांश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2016 | 02:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर १२ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाईबाट प्रति शेयर २५ रुपैयाँ दिने प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

उक्त प्रस्ताब सम्बन्धित निकाय र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा नगद लाभांश वितरण हुने छ। गत बर्ष समेत कम्पनीले लगानीकर्तालाई प्रतिशेयर २५ रुपैयाँ वितरण गरेको थियो। 

आज बसेको सोहि संचालक समितिको बैठकले ३० औ बार्षिक साधारणसभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले मङ्सिर २६ देखि पुष ११ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ। उच्च व्यवस्थापक अनान्द रत्नपारखीले कार्तिक २५ गते देखि कम्पनी छोडेको कम्पनीले जनाएको छ। 

बोटलर्स नेपालले हाल तराई र राजधानीको भरतपुर गरी दुई स्थानमा प्लान्ट राखी कोकाकोला उत्पादन गर्दै आएको छ। कम्पनीमा बोटलर्स नेपालको  ९० दशमलब ७८ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारणको ९ दशमलब ७८ प्रतिशत शेयर स्वामित्व रहेको छ।   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved